उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता « Khabarhub

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ।

प्रारम्भिक नतिजाले बिहारमा जन सुराजका संस्थापक प्रशान्त किशोर, मध्य प्रदेशमा कांग्रेस र गुजरातमा भारतीय जनता पार्टी (भाजपा) बलियो अवस्थामा देखिएका छन्।

बिहारको बाँकीपुर विधानसभा क्षेत्रमा प्रशान्त किशोरले सुरुदेखि नै अग्रता कायम राखेका छन्। ३१ मध्ये १३ चरणको मतगणना सकिँदासम्म उनले २६ हजार ११३ मत प्राप्त गर्दै भाजपा उम्मेदवार नीरज कुमार सिन्हाभन्दा ७ हजार ११९ मतले अग्रता बनाएका छन्।

नीरजले १८ हजार ९९४ मत पाएका छन् भने राष्ट्रिय जनता दल (आरजेडी)की रेखा कुमारी तेस्रो स्थानमा छन्। बाँकीपुरलाई भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ। उनी यस क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए।

यसैबीच, मध्य प्रदेशको दतिया क्षेत्रमा सुरुआती चरणमा भाजपा अगाडि रहे पनि पछिल्ला चरणमा कांग्रेसका उम्मेदवार घनश्याम सिंहले बाजी मारेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले ३ हजार २९५ मतको अग्रता बनाएका छन्।

गुजरातको मञ्जलपुर क्षेत्रमा भने भाजपाका सतेन्द्रभाई पटेल (सतीश पटेल)को जित लगभग निश्चित भएको छ। १९ मध्ये १५ चरणको मतगणना सम्पन्न हुँदा उनले २४ हजार १९९ मतको अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगमा पेश गरिएको विवरणअनुसार बाँकीपुरबाट उम्मेदवारी दिएका प्रशान्त किशोर सबैभन्दा धनी उम्मेदवार हुन्। उनको सम्पत्ति १९७ करोड ९९ लाख भारतीय रुपैयाँ रहेको छ, जुन भाजपा उम्मेदवार नीरज कुमार सिन्हाको करिब २० लाख २८ हजार रुपैयाँको सम्पत्तिभन्दा झण्डै ९५० गुणा बढी हो। यति धेरै सम्पत्ति भए पनि प्रशान्त किशोरको नाममा कुनै निजी कार भने छैन।

तीनै क्षेत्रमा यसपटक मतदान प्रतिशत अघिल्लो विधानसभा निर्वाचनको तुलनामा घटेको छ। मध्य प्रदेशको दतियामा सन् २०२३ को विधानसभा निर्वाचनमा ८१.६१ प्रतिशत मतदान भएकोमा यसपटक ७१.४४ प्रतिशतमा झरेको छ।

त्यस्तै, गुजरातको मञ्जलपुरमा सन् २०२२ मा ५९.५८ प्रतिशत मतदान भएको थियो भने यसपटक ३७.०५ प्रतिशत मात्र मतदान भयो। बिहारको बाँकीपुरमा सन् २०२५ को विधानसभा निर्वाचनमा ४१.३९ प्रतिशत मतदान भएकोमा उपनिर्वाचनमा ३४.३ प्रतिशत मात्र मतदान भएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  २ : १२ बजे

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

बागमती– मकवानपुरमा गत आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा बढी सम्बन्ध

भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः

काठमाडौं- भारतमा गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं– सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,