युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त « Khabarhub

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर एलान नासिमेन्टोको ३४ वर्षको उमेरमा निधन भएको छ। उल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) ले सोमबार उनको निधन भएको पुष्टि गरेको हो।

युएफसीका अनुसार फ्लाइवेट श्रेणीका फाइटर नासिमेन्टो सोमबार बिहान सुतेकै अवस्थामा हृदयघात भएपछि अचेत भेटिएका थिए। “स्वास्थ्यकर्मीको टोलीले बचाउने प्रयास गरे पनि उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो,” युएफसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,एलानका परिवार, साथीभाइ, टोलीका साथीहरू र प्रियजनहरूप्रति छ समवेदना छ ।”

ब्राजिलका नासिमेन्टो सन् २०२१ देखि युएफसीसँग आबद्ध थिए। उनले गत जुनमा मिच रापोसोविरुद्ध आफ्नो अन्तिम प्रतिस्पर्धा खेलेका थिए, जसमा उनी स्प्लिट-डिसीजनका आधारमा पराजित भएका थिए।

समग्र एमएमए करिअरमा २२ जित र ७ हारको कीर्तिमान बनाएका नासिमेन्टोको युएफसी यात्रा भने ४ जित र २ हारमा सीमित रहन पुग्यो। उनको अप्रत्यासित निधनले विश्व मार्सल आर्ट्स खेल क्षेत्र स्तब्ध बनेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ६ : ४८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा