रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो « Khabarhub

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना नेपाली नागरिकको मृत्यु भएको छ।

स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिटमा बिहान करिब ३:२१ बजे गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै ज्यान गएको हो।

बकाउ आपतकालीन अवस्था निरीक्षकका अनुसार घटनालगत्तै उद्धार टोली, दमकल, हेभी रेस्क्यु भेइकल र मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली घटनास्थलमा खटाइएको थियो।

तर, उद्धार टोली घटनास्थल पुग्दा दुवै जनाको मृत्यु भइसकेको समाचारमा उल्लेख छ ।

“रेलको टक्करबाट गम्भीर घाइते भएका दुवै व्यक्तिमा जीवनको कुनै लक्षण थिएन,” बकाउ पुलिसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यकर्मीको टोलीले उनीहरूलाई मृत घोषणा गरेको छ।”

प्रारम्भिक जानकारीअनुसार मृतक नेपाली नागरिक हुन्। यद्यपि, उनीहरूको पहिचान भने अझै खुलाइएको छैन।

उनीहरू रेलमार्गमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रहरी र रेलवे अधिकारीले छानबिन सुरु गरेका छन्।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ८ : ५६ बजे

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले