कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने « Khabarhub

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रवीन्द्र मेहेताको शव बिना सम्झौता संकलन नगर्ने अडान परिवारले लिएको छ ।

गृहमन्त्री आउनुपर्ने, आफूहरुको माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्र शव अस्पतालबाट उठाउने उनीहरूको भनाइ छ । परिवारका सदस्य र आफन्त अस्पतालको आइसीयू कक्ष बाहिर बसेका छन् । 

अस्पतालमा अन्य आफन्तको उपस्थिति पनि थपिँदै छ । उनीहरूले सरकारसँग सम्झौता नहुँदासम्म आफूहरू अस्पतालबाट नफर्कने बताइरहेका छन् ।

२२ वर्षीय मेहेताको मंगलबार त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो ।

यसअघि मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ । रवीन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : ४१ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००