गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु « Khabarhub

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको घटना छानबिन गर्न गठित गृह मन्त्रालयको उच्चस्तरीय टोलीले आज घटनास्थलमा पुगेर विभिन्न पक्षसँग छलफल गरेको छ । 

गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित छानबिन टोलीले आज घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण सङ्कलन र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको समितिका सदस्य सचिव कुलशेखर अर्यालले जानकारी दिए । 

उनका अनुसार टोलीले गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी घटनासँग सम्बन्धित विविध विषयमा जानकारी सङ्कल गरेको छ । 

आजै उद्योग वाणिज्य सङ्घ गोलबजारका अध्यक्ष विजय साहको अध्यक्षतामा गोलबजारका व्यवसायीहरूसँग छलफल गरी आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि तथा व्यवसायीका गुनासाबारे जानकारी लिइएको सदस्यसचिव अर्यालले बताए । 

मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरिएको उनको भनाइ छ ।

‘सुनसरीमा सुरु भएको घटना कसरी सिरहाको गोलबजारसम्म फैलियो ?’, ‘आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो ?’ र ‘गणेश यादवको मृत्यु कसरी भयो ?’ भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको सदस्य सचिव अर्यालले जानकारी दिए । 

पहिलो प्राथमिकता गोलीकाण्डको सत्यतथ्य उजागर गर्नु र घटनाको सम्पूर्ण पृष्ठभूमि अध्ययन गर्नु रहेको उल्लेख गर्दै प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गरिने उनले बताए । 

छानबिन टोलीले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको अनुगमन गरेको थियो भने सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग पनि छलफल गरेको थियो । 

गोलबजारमा भएको आन्दोलनका क्रममा भएका व्यवसायीको भौतिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरिरहेको सदस्य सचिव अर्यालले बताए । 

गृह मन्त्रालयका सहसचिव शाहीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको सदस्यहरूमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक पवन ढुङ्गाना र सदस्य सचिवमा उपसचिव अर्याल रहेका छन् । 

सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा गत साउन १४ गते भएको आन्दोलनका क्रममा गोली लागेर सिरहाको औरही गाउँपालिकाका गणेश यादवको मृत्यु भएको थियो । 

घटनापछि गृहमन्त्री सुधन गुरुङले मृतक यादवको परिवारलाई घरमा पुगेर भेट गरेका थिए । त्यसक्रममा उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ७ : ५६ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००