इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा « Khabarhub

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाएको छ । प्राधिकरणले २०८३ साउन १९ गते अर्थात् ४ अगस्ट २०२६ देखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरेको हो ।

नेपाल आयल निगमले २ अगस्ट २०२६ मा हवाई इन्धनको साविक मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेको थियो । बढेको मूल्यअनुसार विभिन्न हवाई क्षेत्रमा लाग्ने भाडादर पुनः निर्धारण गरिएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

नयाँ व्यवस्थाअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको छ । यसमा २० रुपैयाँ अर्थात् ८.७३ प्रतिशत वृद्धि भएको छ । मुख्य हवाई क्षेत्र अर्थात् ट्रंक सेक्टरमा प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क १३२.४५ रुपैयाँ कायम गरिएको छ ।

यससँगै विभिन्न गन्तव्यको हवाई भाडा पनि बढेको छ । काठमाडौं–माउन्टेन क्षेत्रको भाडादर सात हजार ८६० रुपैयाँबाट बढेर आठ हजार ५४५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौं–भद्रपुरको ६ हजार ८७५ बाट ७ हजार ४८० रुपैयाँ, काठमाडौं–विराटनगरको ५ हजार ५०० बाट ५ हजार ९८० रुपैयाँ, काठमाडौं–जनकपुरको २ हजार ९४५ बाट ३ हजार २०५ रुपैयाँ र काठमाडौं–पोखराको ३ हजार ६३५ बाट ३ हजार ९५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौं–भैरहवाको इन्धन शुल्क ४ हजार ७१५ बाट ५ हजार १२५ रुपैयाँ, काठमाडौं–नेपालगन्जको ७ हजार ४६५ बाट ८ हजार १२० रुपैयाँ, काठमाडौं–धनगढीको १० हजार १२० बाट ११ हजार रुपैयाँ र काठमाडौं–सुर्खेतको ७ हजार ९१५ बाट ८ हजार ६०५ रुपैयाँ पुगेको छ ।

दुर्गम तथा छोटो दुरीका हवाई क्षेत्रमा पनि शुल्क बढाइएको छ । एसटीओएल उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट २४९ रुपैयाँ पुगेको छ । यसमा २० रुपैयाँ अर्थात् ८.७३ प्रतिशत वृद्धि भएको छ र प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ निर्धारण गरिएको छ ।

दुर्गम क्षेत्रका लागि गरिएको गणनामा नयाँ हवाई इन्धन मूल्य २४९ रुपैयाँ प्रतिलिटर, प्रतिउडान यात्रु संख्या १५ जना र प्रतिघण्टा इन्धन खपत ३४२ लिटर राखिएको छ। सो आधारमा प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ कायम गरिएको हो ।

प्राधिकरणले नयाँ इन्धन शुल्क ४ अगस्ट २०२६ देखि लागु हुने जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ८ : ३२ बजे

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान