खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ « Khabarhub

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीबाट काठमाडौतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायसमा सवार सिराहा मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम बरामद भएको छ । 

उक्त लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बा.प्र.०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुलकुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेककुमार साहलाई पनि पक्राउ गरिएको छ ।

त्यसैगरी, मोरङबाट काठमाडौतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका–६ का ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय सागर कार्कीलाई पक्राउ गरिएको छ । 

उनीहरूका साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ४३० ट्याब्लेट बरामद भएको छ । 
 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ११ : २७ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र