दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर « Khabarhub

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता राणाले हिन्दू अधिराज्य बनाउने लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको भन्दै साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका हुन् । उनले आफ्नो अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी दिए ।

राणाले आफूहरूले राजनीति गर्ने राजसंस्था खोजेको नभई अभिभावकीय र राष्ट्ररक्षकको भूमिका रहने राजसंस्था खोजेको स्पष्ट पारे ।

सबै जाति, जनजाति, धर्मावलम्बी सबैले राजसंस्थालाई मान्दै आएको परम्परा मान्दै आएको भन्दै उनले राजसंस्था हटेपछि देश संकटमा पुगेको उल्लेख गरे । 

साथै उनले हिन्दू अधिराज्यलाई पुनः स्थापना गर्नको लागि नयाँ पार्टी जन्मिएको बताए । 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  १२ : ५५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका