चिसोका कारण रुघाखोकीले सतायो ? यसरी गर्न सकिन्छ घरमै उपचार « Khabarhub

चिसोका कारण रुघाखोकीले सतायो ? यसरी गर्न सकिन्छ घरमै उपचार


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले चिसो मौसम सुरु भएको छ । गर्मी महिना सकिएर विस्तारै जाडो बढ्दै गएसँगै रुघा खोकि र चिसोका कारण आउने समस्याहरु देखा पर्न थालेको छ । मौसम परिवर्तन हुँदा शरीरले पनि प्रतिक्रिया जनाउँछ ।

शरीरले प्रतिक्रिया जनाउनु भनेको रुघा,खोकी लाग्नु, नाक बन्द हुँनु घाँटीमा टन्सिल हुनु आदि हो ।

मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्दा आत्ति हाल्नु पर्दैन । मौसम परिवर्तनको समयमा लाग्ने रुघाखोकीबाट बच्न घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

रुघाखोकी निको पार्ने घरेलु तरिका

पुँदिनाको पात मिसाएर पानी उमालेर त्यसको बाफ लिने यसले गर्दा रुघाखोकीलाई निकै फाइदा पुग्छ । बाफ लिन काम दिनमा दुईपटक गर्नु उपयुक्त हुन्छ ।

रुघाखोकी लागेकाले तातो पानीको प्रयोग गर्न आवश्यक हुन्छ । यसका साथै कागती हालेको चिया पिउँदा पनि रुघाखोकीलाई फाइदा पुग्छ ।

यस्तै मह मिसाएको पानी पिउँदा पनि रुघाखोकी लागेका व्यक्तिलाई राहत मिल्छ । तातो पानीमा मह मिसाएर नियमित सेवन गर्दा अन्य समस्याहरुमा पनि राहत मिल्छ ।

रुघा लाग्दा नियमित रुपमा सिगान बग्छ । उक्त सिगा‍न रुमालको सहायतमा पुछ्नु पर्छ । कहिलेकाही हातले पनि पुछिन्छ त्यस क्रममा नाक वरपर ‍ब्याक्टेरिया रहेको हुन्छ । त्यसैले त्यसका लाग नूनपानीले नाक वरीपरि सफा गर्नुपर्छ नाकमा भएका ब्याक्टेरिया नष्ट गर्छ ।

त्यस्तै सफा रुमालको प्रयोग गरेर तातोपानीले बन्द नाकलाई सेक्ने, पानीमा बेसार, नुन र कागती राखेर पिउनाले पनि फाइदा पुग्छ ।

त्यस्तै तुलसीको पात खानाले पनि रुघाखोकीमा राहत मिल्छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ४० बजे

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको