बाँकेमा थपिए तीन हजार ७७६ मतदाता « Khabarhub

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ मतदाता थपिएका छन् ।  

जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । 

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार ३७१ पुरुष र एक हजार १५८ महिला तथा नागरिकताका आधारमा ६५७ पुरुष र ५९० महिलाले नाम दर्ता गराएका उनले बताए। 

आयोगले सूचना जारी नगर्दासम्म निरन्तर मतदाता नामावली दर्ताको काम हुने उल्लेख गर्दै प्रमुख शाहीले युवा पुस्ताले धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका बताए । 

उनले भने, ‘अहिले अनलाइनबाट सेवा लिनेहरू बढ्दै गएका छन् ।’

प्रमुख शाहीले जिल्लाका कोहलपुर, राप्तीसोनारी, डुडुवा, नरैनापुर, जानकी, खजुरालगायतका क्षेत्रबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको उल्लेख गर्दै त्रुटि सच्चाउने र अद्यावधिक गर्ने कार्य पनि जारी रहेको बताए।

अन्तिम नामावली प्रकाशन भएपछि मात्रै बाँकेमा कति मतदाता नयाँ थपिए भन्ने निर्क्यौल हुने उल्लेख गर्दै प्रमुख शाहीले बाहिरी जिल्लाका लागि पनि बाँकेबाट मतदाता परिचयपत्रका लागि नाम दर्ता भइरहेको बताए। 

विसं २०८२ को निर्वाचनसम्ममा बाँकेबाट तीन लाख ५० हजार ३७१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका थिए । तीमध्ये एक लाख ७२ हजार २२३ महिला र एक लाख ७८ हजार १३९ पुरुष रहेका थिए भने अन्य नौ जना रहेका थिए । 

आयोगले बाँकेमा २०८२ चैत २२ गतेदेखि मतदाता नामावलीका लागि नाम दर्ता गर्ने प्रक्रिया सुरु गरेको थियो । 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  २ : ५६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका