काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग « Khabarhub

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुङसाङ लामा तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गत केन्द्रीयस्तरीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू) का आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराई सहभागी थिए।

कार्यक्रममा नेपाल सरकारका अधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको पनि उपस्थिति थियो।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब ५ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनमा दुईवटा ब्लक रहनेछन्। भवनमा सातवटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष तथा छुट्टै शौचालय सुविधा रहनेछ।

कार्यक्रममा आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले नेपालमा शैक्षिक पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको प्राविधिक तथा आर्थिक सहयोगको प्रशंसा गरे।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुङसाङ लामाले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको बताए।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले भारत सरकारको अनुदान सहयोगमा नेपालभर सञ्चालन भएका विभिन्न विकास परियोजनाबारे जानकारी दिँदै जनहित माध्यमिक विद्यालय भवन निर्माण परियोजनाले नेपाल–भारत विकास साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

भारतीय दूतावासका अनुसार उक्त परियोजनाले नेपाल–भारतबीचको बहुआयामिक विकास साझेदारीलाई थप मजबुत बनाउनुका साथै भूकम्पपछिको पुनर्निर्माण र नेपालको शैक्षिक पूर्वाधार सुदृढीकरणमा नेपाल सरकारको प्रयासलाई सहयोग पुर्‍याउनेछ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ४ : ३२ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले