हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी « Khabarhub

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा प्रतिवादी ऋषिराज मोरसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। धरौटी वा त्यस बराबरको बैंक जमानत पेश गर्न नसके थुनामा पठाउन अदालतले आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरले अन्य प्रतिवादीसँग मिलेमतो गरी हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडलाई नोक्सानी पुग्ने गरी धितोपत्र बजारमा कृत्रिम रूपमा शेयर मूल्य बढाई व्यक्तिगत नाफा आर्जन गरेको तथा त्यसबाट प्राप्त रकमको स्रोत लुकाउन सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै ३ अर्ब ७८ करोड ८२ लाख ७५ हजार ६२२ रुपैयाँ ९० पैसा बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

अदालतमा बयानका क्रममा मोरले आफूले बजार विश्लेषणका आधारमा मात्र शेयर कारोबार गरेको, कुनै कम्पनीको शेयर कृत्रिम रूपमा एकत्रित गर्ने वा बजार प्रभावित पार्ने कार्यमा संलग्न नरहेको दाबी गर्दै आरोप अस्वीकार गरेका थिए।

तर अदालतले उजुरी, शेयर कारोबारका विवरण, अनुसन्धानका क्रममा दिएका बयान, भृकुटी स्टक ब्रोकिङ कम्पनीसँगको वित्तीय कारोबार तथा अन्य मिसिल संलग्न प्रमाणहरूको प्रारम्भिक अध्ययनबाट उनीविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार देखिएको निष्कर्ष निकालेको छ।

अदालतले विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) अनुसार हाललाई मोरसँग १ करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।

यदि तोकिएको धरौटी वा बैंक जमानत पेश नगरेमा विशेष अदालत नियमावली, २०८० अनुसार उनलाई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन पनि आदेशमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ६ : २५ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस