प्रधानमन्त्रीले काठमाडौं र उर्जा मन्त्रीले नुवाकोटबाट गरे त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन « Khabarhub

प्रधानमन्त्रीले काठमाडौं र उर्जा मन्त्रीले नुवाकोटबाट गरे त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नुवाकोट र रसुवामा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्ले पुगेर आयोजनाको उद्घाटन गरेका हुन् ।

उद्घाटनसंगै आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिट (३०–३० मेगावाट) बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ९ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाबाट हिउँदका तीन महिना ४५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोजनाको दोस्रो युनिटले पनि गत साउन १५ गतेदेखि परीक्षण उत्पादन शुरु गरेको थियो । झण्डै लागत १२ अर्ब ६० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको सरकार र विद्युत् प्राधिकरणको लगानी रहेको छ ।

२०६७ साल जेठ १४ गते चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएपनि झण्डै १० वर्षपछि आयोजना निर्माण भएको हो । २०७१ जेठ १७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको आठ अर्ब ९१ करोड ७८ लाखमा सम्झौता भएपनि चिनिया कम्पनीले समयमा काम नगर्दा लागत बढेको हो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : २८ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत