आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली « Khabarhub

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य बढाउने विश्वास व्यक्त गरेका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गरेका छन् ।

उनले नेपालको संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको उल्लेख गर्दै समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा साझा गन्तव्यमा एकताबद्ध हुन सबैमा आह्वान समेत गरेका छन् ।

अध्यक्ष ओलीले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने यस दिवसमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ८ : ५९ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा