तपाईंले प्यान नम्बर लिनुभयो ? तीन महिनामा ६ लाख १९ हजारले लिए « Khabarhub

तपाईंले प्यान नम्बर लिनुभयो ? तीन महिनामा ६ लाख १९ हजारले लिए


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक बर्षको बजेटसँगै स्थायी लेखा नम्वर (प्यान) लाई अनिवार्य बनाए सँगै प्यान नम्वर लिनेको संख्यामा उल्लेखनिय बद्घि भएको छ ।

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा सबै भन्दा बढि व्यक्तिगत स्थायी लेखा ( प्यान) लिनेको संख्या ६ लाख १९ हजार ३७२ जनाले थपिएका छन् ।

गत आर्थिक बर्षको अन्तमा व्यक्तिगत लेखा नम्वर लिनेको संख्या ९ लाख ९३ हजार ८० मात्र थियो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा प्यान नम्बर लिनेको संख्या ७ लाख १७ हजार १८ले थपिएको छ। गत आर्थिक वर्षको अन्तसम्ममा प्यान लिनेको संख्या जम्मा २१ लख ७२ हजार २०० मात्र थियो ।

त्यस्तैगरी करकट्टी गर्ने निकायको पनि १६८ प्रतिशतले प्यानमा दर्ता बढेको छ। चालू आर्थिक वर्षको तीन महिनामा मात्र यस्ता १३ सय १२ निकाय प्यानमा दर्ता भएका छन् । गत आर्थिक वर्षको अन्त्यमा प्यानमा दर्ता हुने निकाय जम्मा ७३७ वटा मात्र थिए ।

अर्थ मन्त्रालयका अनुसार व्यवसायिक स्थायी लेखा नम्बर (संस्थागत भ्याट र प्यान) ९६ हजार ३३४ ले लिएका छन् । गत आर्थिक वर्षको अन्तसम्ममा ११ लाख ७८ हजार ३८३ वटा संस्थाहरुले भ्याटरप्यान लिएका थिए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा नै प्यान नम्बर अनिवार्य रुपमा लागू गरिने र प्यान नम्बर नहुनेको तलव नदिने व्यवस्था गरेपछि प्यान लिनेहरुको संख्या ह्वात्तै बढेको अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।

सरकारले जुनसुकै प्रकारको एक हजार भन्दा माथिको भुक्तानी दिँदा अनिवार्य रुपमा प्यान चाहिने व्यवस्था गरेको थियो। साथै उसले प्यानमा दर्ता हुनका लागि असोज मसान्तसम्मको मात्र समयसीमा दिएको थियो।

सो समयमा सम्पूर्ण संस्था तथा व्यक्तिहरुले प्यान लिन नसक्ने र कतिपय व्यवहारिक कठिनाईले सो अवधि असोज मसान्तसम्म दिएको थियो सोही कारण पनि प्यानमा दर्ता हुने कम्पनी र व्यक्तिहरुको संख्या यसअवधिमा बढेको थियो ।

सरकारले केही समयअघि प्यान लागू गर्ने समय र सीमा दुवै बढाएको छ । आगामी वर्षदेखि लागू हुनेगरी दुई हजार रुपैयाँ भन्दा बढी खर्चमा प्यान अनिवार्य गर्ने भएको छ।

चालू आर्थिक वर्षमा प्यान एक हजार रुपैयाँ भन्दा माथिको भुक्तानीमा पनि प्यान अनिवार्य गरिएको छ । सबैका लागि समानरुपमा प्यानको कार्यन्वन होस् भने तरिकाले प्यान समय र सिमा बढाइएको अर्थमन्त्रालयले जानकारि दिएको छ ।

कार्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयको प्यानमा सीमा र समय बढाउने प्रस्तावलाई आगामी वर्षदेखि लागू हुनेगरी बढाउन सहमति दिएको हो ।
चालू आर्थिक वर्षको आयकर ऐनको २०५८ को दफा २१ न एक हजार भन्दा माथिको विजकमा पनि प्यान अनिवार्य गर्ने व्यवस्था गरेको थियो। यस आर्थिक वर्षभरी भने सोही व्यवस्था लागू हुने अर्थमन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै ज्यालामा भने तीन हजार रुपैयाँसम्ममा प्यान नलाग्ने व्यवस्था पनि भएको छ। चालू आर्थिक वर्षदेखि नै सरकारले तलब भुक्तानीको लागि प्यान अनिवार्य गरेपछि व्यवसायी आन्दोलित थिए । प्यानको समस्या समाधानको लागि अर्थ मन्त्रालयले कार्यदल गठन गरेको थियो । उक्त कार्यादलले दिएको सुझावको आधारमा मन्त्रिपरिषद् बैठकले उक्त सहमति दिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ४१ बजे

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन