मिर्गौला पीडितले गरे प्रधानमन्त्री निवासअगाडि प्रदर्शन « Khabarhub

मिर्गौला पीडितले गरे प्रधानमन्त्री निवासअगाडि प्रदर्शन


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला रोगबाट पीडितहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।

निशुल्क हेमोडायलाइसिसको सुविधा उपलव्ध गराउन माग गर्दै उनीहरुले प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका हुन् ।

निशुल्क डायलाइसिस, जीविकोपार्जनको लागि मासिक पाँच हजार भत्ता लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेपनि सम्भव नभएपछि उनीहरुले बाहिरै प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री आफैं मिर्गौला पीडित भएरपनि मिर्गौलापीडितको समस्या नबुझेको भन्दै उनीहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीपनि मिर्गौला रोगबाट पीडित छन् ।

उनको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर केहीसमयदेखि मिर्गौलामा पुन समस्या देखिएपछि उनको तेस्रोपटक हेमोडायलाइसिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको पुन मिर्गौला प्रत्यारोपणको तयारी गरिएको गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ०७ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका