घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं « Khabarhub

घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६) को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् ।

देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू लेखेका छन् ।

विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । यहाँ हामीले तिनै महाकवि देवकोटाका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छन् ।

– मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

– कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

– सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन ।

– खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

– चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो ।

– दर्शन भय हो कविता सत्य हो ।

– घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

– जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

– मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ३२ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु