यू–१९ गर्ल्स बास्केटबल लिग काठमाडौंमा सुरु « Khabarhub

यू–१९ गर्ल्स बास्केटबल लिग काठमाडौंमा सुरु


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा महिला खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१९ गर्ल्स बास्केटबल लिग २०८३ काठमाडौंमा सुरु भएको छ।

लेट्स गो बास्केटबल एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन आयोजक लेट्स गो बास्केटबल एकेडेमी, आईएसए नेपाल र कीर्तिपुर क्राउन्स विजयी भएका छन्।

पहिलो खेलमा आयोजक लेट्स गो बास्केटबल एकेडेमीले जेभियर कलेजलाई ४८–२४ अंकले पराजित गर्‍यो। त्यस्तै, आईएसए नेपालले रिम रनर्सलाई ३५–२९ अंकले हराउँदा कीर्तिपुर क्राउन्सले भीएस बलर्समाथि ५२–२८ अंकको जित निकाल्यो।

अर्को खेलमा यचु एकेडेमी र सगरमाथा कलेजबीचको प्रतिस्पर्धा ३१–३१ अंकको बराबरीमा टुंगिएको छ।

प्रतियोगिताका खेलहरू लेट्स गो बास्केटबल एकेडेमीको कोर्टमा हरेक आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुने आयोजकले जनाएको छ।

युवा महिला खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै उनीहरूको क्षमता र प्रतिभा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ४० बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी