विश्वकप फुटबल छनोट– कुवेतसँगको हार बिर्साउने लक्ष्यमा नेपाल « Khabarhub

विश्वकप फुटबल छनोट– कुवेतसँगको हार बिर्साउने लक्ष्यमा नेपाल


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गतको नेपाल र कुवेतबीचको खेल मंगलबार हुँदैछ ।

भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने खेलमा नेपाली टोलीले कुवेतविरुद्ध यसअघिको हार बिर्साउने लक्ष्य बनाएको छ ।

नेपालको होम गेमका रुपमा रहेको खेल दशरथ रंगशालाको काम समयमा पुरा नहुँदा नेपालले तटस्थ भूमिका रुपमा भुटानलाई छानेको हो ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको बताउँदै कुवेतविरुद्ध पुनरागमन गर्ने बताए ।

‘यो महत्वपूर्ण खेल हो । हामी राम्रो खेल्दै खेलमा फर्किने लक्ष्य छ,’ प्रशिक्षक कालिनले प्रि म्याच कन्फ्रेन्समा भने,‘म खेलाडीमा फोकस छु । जति यहाँ उपलब्ध छन् । खेलाडी राम्रो खेल्ने पक्षमा छन् ।’

मुख्य प्रशिक्षक कालिनले नेपाल अन्य टिमसँगको खेल जस्तै राम्रो खेल्ने बताएका छन् । ‘हामी अन्य टिमसँगको खेल जस्तै राम्रो खेल्ने लक्ष्यमा छौं । कुवेत छनोटका खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । तर, हामी आत्मविश्वासी छौं ।’

विपक्षी टोलीका मुख्य प्रशिक्षकले नेपाललाई सामान्य रुपमा नहेरेको तर, आफुहरु ३ अंकका लागि खेल्ने बताएका छन् । ‘हामी राम्रो खेल्ने प्रयास गर्दै ३ अंक जोड्ने लक्ष्यमा छौं । नेपाललाई सामान्य रुपमा हेरेका छौनौं । नेपाल कमजोर टिम होइन । तर, यहाँको माहोलले नेपालको पक्षमा हुनेछ । उनीहरुका लागि यो मौसमले साथ दिनेछ ।’

नेपालका कप्तान किरण चेमजोङले नेपाल कुवेतविरुद्ध कडा टक्कर दिन तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : २० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन