विश्वकप फुटबल छनोट– कुवेतसँगको हार बिर्साउने लक्ष्यमा नेपाल « Khabarhub

विश्वकप फुटबल छनोट– कुवेतसँगको हार बिर्साउने लक्ष्यमा नेपाल


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गतको नेपाल र कुवेतबीचको खेल मंगलबार हुँदैछ ।

भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने खेलमा नेपाली टोलीले कुवेतविरुद्ध यसअघिको हार बिर्साउने लक्ष्य बनाएको छ ।

नेपालको होम गेमका रुपमा रहेको खेल दशरथ रंगशालाको काम समयमा पुरा नहुँदा नेपालले तटस्थ भूमिका रुपमा भुटानलाई छानेको हो ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको बताउँदै कुवेतविरुद्ध पुनरागमन गर्ने बताए ।

‘यो महत्वपूर्ण खेल हो । हामी राम्रो खेल्दै खेलमा फर्किने लक्ष्य छ,’ प्रशिक्षक कालिनले प्रि म्याच कन्फ्रेन्समा भने,‘म खेलाडीमा फोकस छु । जति यहाँ उपलब्ध छन् । खेलाडी राम्रो खेल्ने पक्षमा छन् ।’

मुख्य प्रशिक्षक कालिनले नेपाल अन्य टिमसँगको खेल जस्तै राम्रो खेल्ने बताएका छन् । ‘हामी अन्य टिमसँगको खेल जस्तै राम्रो खेल्ने लक्ष्यमा छौं । कुवेत छनोटका खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । तर, हामी आत्मविश्वासी छौं ।’

विपक्षी टोलीका मुख्य प्रशिक्षकले नेपाललाई सामान्य रुपमा नहेरेको तर, आफुहरु ३ अंकका लागि खेल्ने बताएका छन् । ‘हामी राम्रो खेल्ने प्रयास गर्दै ३ अंक जोड्ने लक्ष्यमा छौं । नेपाललाई सामान्य रुपमा हेरेका छौनौं । नेपाल कमजोर टिम होइन । तर, यहाँको माहोलले नेपालको पक्षमा हुनेछ । उनीहरुका लागि यो मौसमले साथ दिनेछ ।’

नेपालका कप्तान किरण चेमजोङले नेपाल कुवेतविरुद्ध कडा टक्कर दिन तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : २० बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव