अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा « Khabarhub

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ । 

बिनाअनुमति अवैध रुपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसारपोसार गरेको आरोपमा ग१त ७६५३, ग१त ७५९७, ग१त ६६५३, ध१त ११४, ग१त ६०८८ र ग१त ६९५४ नम्बरको ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो । 

उनीहरु जोमसोम–कोरला सडकखण्डअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित एक्लेभट्टी नजिकको कालीगण्डकी नदी बगरमा अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपसार गर्दै थिए । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले वर्षायामको समयमा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको उत्खननले विपद्को जोखिम निम्तिन सक्ने जानकारी दिए।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १ : ०९ बजे

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।