दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार « Khabarhub

दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – माइक्रोसफ्ट क्रपका मालिक बिल गेट्सको संस्थाले दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्न सक्ने चर्पीको निर्माण गरेको छ । अघिल्लो मंगलबार चीनको बेइजिङ पुगेर बिल गेट्स स्वयमले त्यसको उद्घाटन गरेका छन् ।

उक्त ट्वाइलेटले पानी र ढल बिनै सिधै मानव मलमुत्रलाई मलको रुपमा रुपान्तरण गर्ने जनाईएको छ । त्यसका लागि ट्वाइलेटको प्यान (चर्पीमा दिसा बस्ने ठाउँ) लाई प्राविधिक रुपमा निमार्ण गरिएको छ । जसले मानव मलमुत्र एउटैमा मिलाएर त्यसमा विभिन्न केमीकल प्रयोग गरि तुरन्तै मलको रुपमा रुपान्तरण गर्ने जनाइएको छ ।

यो ट्वाइलेको अनुसन्धाको लागि मात्रै बिल गेट्सको निजी लगानीको सामाजिक संस्था बिल मेलिंडा गेट्स फाउन्डेशनले २० अर्ब लगानी गरेको उल्लेख छ । उद्घाटन कायक्रममा बोल्दै गेट्सले अनुसन्धान र त्यसको लागतको विषय खुलाएका हुन् ।

‘हरेक पाँच वर्षमा ट्वाइलेटबाट निस्कने किटाणुले लाखौं बालबालिका विभिन्न रोगबाट ग्रसित भइरहेका छन्,’ उनले भने, ‘त्यसका लागि उपचार र अन्यमा गरी अर्बौ खर्च भएको छ । त्यसैले यो ट्वाइलेट निमार्णको लागि संस्थाले २० अर्ब लगानी गरेको हो ।’

यसलाई आउँदा वर्षहरुमा विश्वले प्रयोग गर्ने ट्वाईलेटको रुपमा लिइएको छ । यसको विकास र बजार विस्तारको लागि यति नै थप रकम खर्च हुने गेट्सले बताएका छन् । हाल ट्वाइलेटमा दिसा पखाल्न ठूलोमात्रामा पानीको प्रयोग भइरहेको छ । पानीको प्रयोगलाई कम गर्न पनि यसले मद्दत गर्ने गेट्सको भनाई छ । साथै ट्वाइलेटबाट निस्किने किटाणुबाट बच्न यसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

गेट्सका अनुसार यो ट्वाईलेटमा विभिन्न मोडल र विभिन्न केमिकल प्रयोग गर्न सक्ने गरी अनुसन्धानको काम भइसकेको छ । ‘अनसन्धानकर्ताहरुले आफ्नो मोडल सहितको जानकारी लगानीकर्तालाई दिन बाँकी छ,’ गेट्सले भनेका छन्, ‘अबको बाटो भनेको ठूलो परिणाममा त्यसको उत्पादन नै हो ।’ सन् २०३० सम्म यसको बजार ६ खर्ब भन्दा बढीको हुने पूर्वाअनुमान उनले गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ४ : ०३ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये