दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार « Khabarhub

दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – माइक्रोसफ्ट क्रपका मालिक बिल गेट्सको संस्थाले दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्न सक्ने चर्पीको निर्माण गरेको छ । अघिल्लो मंगलबार चीनको बेइजिङ पुगेर बिल गेट्स स्वयमले त्यसको उद्घाटन गरेका छन् ।

उक्त ट्वाइलेटले पानी र ढल बिनै सिधै मानव मलमुत्रलाई मलको रुपमा रुपान्तरण गर्ने जनाईएको छ । त्यसका लागि ट्वाइलेटको प्यान (चर्पीमा दिसा बस्ने ठाउँ) लाई प्राविधिक रुपमा निमार्ण गरिएको छ । जसले मानव मलमुत्र एउटैमा मिलाएर त्यसमा विभिन्न केमीकल प्रयोग गरि तुरन्तै मलको रुपमा रुपान्तरण गर्ने जनाइएको छ ।

यो ट्वाइलेको अनुसन्धाको लागि मात्रै बिल गेट्सको निजी लगानीको सामाजिक संस्था बिल मेलिंडा गेट्स फाउन्डेशनले २० अर्ब लगानी गरेको उल्लेख छ । उद्घाटन कायक्रममा बोल्दै गेट्सले अनुसन्धान र त्यसको लागतको विषय खुलाएका हुन् ।

‘हरेक पाँच वर्षमा ट्वाइलेटबाट निस्कने किटाणुले लाखौं बालबालिका विभिन्न रोगबाट ग्रसित भइरहेका छन्,’ उनले भने, ‘त्यसका लागि उपचार र अन्यमा गरी अर्बौ खर्च भएको छ । त्यसैले यो ट्वाइलेट निमार्णको लागि संस्थाले २० अर्ब लगानी गरेको हो ।’

यसलाई आउँदा वर्षहरुमा विश्वले प्रयोग गर्ने ट्वाईलेटको रुपमा लिइएको छ । यसको विकास र बजार विस्तारको लागि यति नै थप रकम खर्च हुने गेट्सले बताएका छन् । हाल ट्वाइलेटमा दिसा पखाल्न ठूलोमात्रामा पानीको प्रयोग भइरहेको छ । पानीको प्रयोगलाई कम गर्न पनि यसले मद्दत गर्ने गेट्सको भनाई छ । साथै ट्वाइलेटबाट निस्किने किटाणुबाट बच्न यसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

गेट्सका अनुसार यो ट्वाईलेटमा विभिन्न मोडल र विभिन्न केमिकल प्रयोग गर्न सक्ने गरी अनुसन्धानको काम भइसकेको छ । ‘अनसन्धानकर्ताहरुले आफ्नो मोडल सहितको जानकारी लगानीकर्तालाई दिन बाँकी छ,’ गेट्सले भनेका छन्, ‘अबको बाटो भनेको ठूलो परिणाममा त्यसको उत्पादन नै हो ।’ सन् २०३० सम्म यसको बजार ६ खर्ब भन्दा बढीको हुने पूर्वाअनुमान उनले गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ४ : ०३ बजे

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

काठमाडौं– निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको

समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली– ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढिमा पछिल्लो समय पर्यटकको

घरैपिच्छे तरकारी उत्पादन, बढ्दै मिर्गेको पहिचान

दोलखा– भौगोलिक र दूरीका हिसाबले सदरमुकाम चरिकोटदेखि करिब २५–३० किलोमिटर