मालपोत कार्यालयका फाँटवालविरुद्ध ७७ लाखको भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

मालपोत कार्यालयका फाँटवालविरुद्ध ७७ लाखको भ्रष्टाचार मुद्दा दर्ता


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालपोत कार्यालय पर्साका तत्कालीन फाँटवाल मदन प्रसाद गुप्ताविरुद्ध ७७ लाख ८६ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

फाँटवाल गुप्ताले २०७०/०७१ को रजिष्ट्रेशन फाँट (ख)मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्बर राखी विभिन्न रजिस्ट्रेसन पास गरेको, लिखित रजिस्ट्रेशनमा भएको थैली रकम घटाइ कम मूल्यको थैली कायम गरी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उक्त उजुरीमाथि छानबिन गर्ने क्रममा गुप्ताले उठाएको राजश्व प्रचलित कानून बमोजिम समयमै दाखिला नगरी हिनामिना गर्ने तथा महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरु नष्ट गर्ने गरेको पृष्टि हुन आएको अख्तियारले जनाएको छ ।

गुप्ताले सरकारी प्रमाण नस्ट गरेको तथा राजश्व रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले गुप्ताविरुद्ध ७७ लाख ८६ हजार ८ सय १६ रुपैयाँ बिगो तथा बिगो अनुसारको जरिवाना र अधिकत्तम ९ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ४६ बजे

‘हरिबहादुर’ अब ठूलो पर्दामा 

काठमाडौं– नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान

अझै कायम छ ‘कटुवाल प्रथा’

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक