जाडोमा कालो चियाले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा « Khabarhub

जाडोमा कालो चियाले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा मानिसहरु बढी मात्रामा चिया पिउने गर्दछन् । चिया तातोका लागि मात्रा नभईे कालो चियालाई तौल घटाउने माध्यमको रुपमा समेत लिने गरिन्छ ।

कालो चिया मुटु रोगीका पनि फाइदाजनक मानिन्छ । कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्त धमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । कालो चियामा पाइने तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ ।

नेतेली वार्ड, केविन क्राफ्ट र उनको समूहले मुसामा गरेको एक अनुसन्धानको आधारमा क्वार्सटीन मुटुको रक्तनलिको अक्सिडेन्टबाट हुने नेक्सानबाट बचाउन सक्षम हुने बताईएको छ ।

बिशेषज्ञका अनुसार फ्लेवनायड् उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लीरोसिस (धमनीको कडापन) को समस्या कम गर्न समेत प्रभावकारी मानिन्छ ।

दुध चिया जिब्रोलाई कालो चिया शरिरलाई !

हामीमध्ये धेरैको बिहानी चियाको चुस्कीसँगै शुरु हुने गर्छ । त्यसपछि समय–समयमा हामी चिया पिउँछौं ।

यसकारण चिया धेरै नेपालीहरुको लागि ‘लत’ नै बनिसकेको छ । धेरै जसो मानिसहरु दुध हालेको चिया पिउँन रुचाउँछन् ।

स्वास्थ्यको हिसाबले दुध हालेको चिया भन्दा कालो चियालाई निकै लाभदायक मानिन्छ । यसले हामीमा ग्यास्ट्रिक जस्ता समस्या ल्याउँदैन ।
कालो चियामा ‘पोलिफेनाइल’ नामक एन्टिअक्सिडेन्ट बढी मात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ । कालो चिया पिउनुका फाइदा यस्ता छन्-

हड्डीको मजबुती

चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।

क्यान्सरबाट बचाउन

चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।

बुढोपना घटाउने

चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।

मुटु रोबाट जोगाउन

मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ। यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ ।

स्तन क्यान्सर हुनबाट रोक्न

कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ । यस्तै ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ ।

झाडापखाला रोक्न

कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

दमका रोगीलाई आराम

तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ। यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ।यदि तपाई थप एक कप कालो चिया खाने मुडमा हुनुहुन्छ भने निर्धक्क खाए हुन्छ ।

यो कुनै व्यक्तिगत धारणा नभएर वैज्ञानिकहरुको अध्ययनका आधारमा तयार गरिएको निष्कर्ष हो । विज्ञहरुका अनुसार कालो चिया बालकदेखि बृद्ध जोकोहीले खाँदा पनि फाइदा हुन्छ । तर कालो चिया भएपनि चिनीको मात्रा कम प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : ०३ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको