पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा « Khabarhub

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल फर्किएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

उनको स्वागतका लागि नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू विमानस्थल परिसरमा बाक्लो संख्यामा भेला भएका थिए।

देउवालाई स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुगेका छन्। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति गगन थापा लगायतका नेताहरू भने विमानस्थलमा उपस्थित देखिएनन्।

देउवा करिब साढे ५ महिना लामो विदेश बसाइपछि बिहीबार काठमाडौंमा उत्रिएका हुन् । उनी गत फागुन १३ गते सिंगापुर पुगेका थिए । त्यसपछि उनी सिंगापुरबाट चैत ७ गते हङकङ पुगेर परिवारसहित त्यहीँ बसेका थिए ।

उनीसँगै विदेशमा रहेका पत्नी आरजु राणा देउवा र छोरा जयवीर भने फिर्ता भएनन्। देउवाविरुद्ध यसअघि वालेन्द्र शाह नेतृत्वको सरकारले पटक पटक पक्राउ पुर्जी र रेड नोटिस जारी गर्ने कोसिस गर्‍यो । तर इन्टर पोलले पनि सरकारको योजनालाई फेल खुवाइदियो।

देउवाको नेपाल आगमनलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिका दृष्टिले समेत चासोका साथ हेरिएको छ। उनको आगमनसँगै पार्टीभित्रको आगामी राजनीतिक दिशा र नेतृत्वबीचको सम्बन्धबारे थप बहस हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १२ : ४० बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट