पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन « Khabarhub

पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले ती टापुमाथि जापानको सार्वभौमिकताको समर्थन दोहोर्‍याएको छ । 

जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले शुक्रबार अमेरिकाले जापानको उत्तरी क्षेत्रमाथिको सार्वभौमिकतालाई मान्यता दिने आफ्नो अडानमा कुनै परिवर्तन नगरेको बताए।

राजदूत ग्लासले सामाजिक सञ्जाल ‘एक्स’ मा जापानका लागि प्रयोग हुने ‘उत्तरी क्षेत्र’ नाम उल्लेख गर्दै अमेरिका आफ्नो महत्त्वपूर्ण सहयोगी जापानको समर्थन र ती क्षेत्रमाथि जापानी सार्वभौमिकताको मान्यतामा दृढ रहेको बताए । 

उनले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न अमेरिका–जापान गठबन्धन प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसलाई कमजोर पार्ने कुनै पनि गतिविधिको कडा विरोध गर्ने बताए।

दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ मा तत्कालीन सोभियत सङ्घले कब्जा गरेका यी टापु जापान र रुसबीचको सम्बन्धमा लामो समयदेखि विवादको मुख्य विषय बन्दै आएका छन् । पुटिनको बिहीबारको भ्रमण सन् २०१० मा तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेभपछि कुनै रुसी राष्ट्रपतिले ती टापुमा गरेको पहिलो भ्रमण हो ।

जापानी प्रधानमन्त्री साने ताकाइचीले ती टापु ऐतिहासिक आधार र अन्तर्राष्ट्रिय कानूनअनुसार जापानको अभिन्न भूभाग भएको बताए । जापानले पुटिनको भ्रमणप्रति आपत्ति जनाउँदै रुसका राजदूतलाई बोलाएर आफ्नो असन्तुष्टि पनि व्यक्त गरेको छ ।

तर जापानस्थित रुसी दूतावासले भने ती टापु रुसी सङ्घको अभिन्न हिस्सा भएको दाबी गरेको छ । दूतावासका अनुसार पुटिनको भ्रमण कुनै विदेशी मुलुकसँग छलफल गर्नुपर्ने विषय नभएको बताइएको छ ।

कुरिल टापुको सार्वभौमिकतासम्बन्धी विवादका कारण जापान र रुसबीच दोस्रो विश्वयुद्धपछि औपचारिक शान्ति सन्धिसमेत हुन सकेको छैन । विवादित टापुमा रुसी प्रशासन कायम रहँदै आएको छ भने जापानले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता शिरिन यासिनले टापुको विवाद जापान र रुसबीचको द्विपक्षीय विषय भएको बताएका छन् ।

पुटिनको पछिल्लो भ्रमण र त्यसपछि अमेरिकाले जापानको पक्षमा पुनः स्पष्ट धारणा सार्वजनिक गरेपछि विवादित टापुको विषयले जापान–रुस सम्बन्धसँगै अमेरिका–जापान सुरक्षा गठबन्धनको क्षेत्रीय भूमिकालाई समेत पुनः चर्चामा ल्याएको छ ।
 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १२ : ३१ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट