जलवायु सूचना डिजिटलाइजेसनमा कृषि मन्त्रालयको जोड « Khabarhub

जलवायु सूचना डिजिटलाइजेसनमा कृषि मन्त्रालयको जोड


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु सूचनाको डिजिटलाइजेसन र पहुँचमा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताएकी छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरिले जलवायुसम्बन्धी सूचना, तथ्याङ्क र पूर्वानुमानहरूलाई समुदाय तथा युवाहरूले सजिलै बुझ्न सक्ने बनाउन सोसल मिडियामार्फत सार्वजनिक गर्ने र सबै माध्यमलाई डिजिटलाइज गर्ने काम भइरहेको बताएकी हुन् । 

उनले जोखिममा रहेका विपन्न समुदायसम्म पुग्ने गरी जलवायु वित्तलाई पारदर्शी, अनुगमनयोग्य र नतिजामुखी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । 

जलवायु नीतिलाई दराजमा थन्क्याएर नराखी वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र स्थानीय ज्ञानमा आधारित भएर कार्यान्वयनमा लैजाने योजना रहेको उनको भनाइ छ । 

उनले जलवायुसम्बन्धी नीति निर्माण, अनुगमन तथा निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारको ढोका सधैँ खुला रहेको स्पष्ट पारिन् । 

मन्त्री चौधरिले जलवायु सहनशीलता, वन तथा पर्यावरण संरक्षण र न्यायपूर्ण रोजगारी प्रवर्धनका लागि श्रम मन्त्रालय र वन तथा वातावरण मन्त्रालय मिलेर ग्रीन जब सम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । 
 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : ०९ बजे

डिमान्डेन्ड सुपरस्टार नायकहरूको गतिविधि : अनमोल र पल सुटिङमा, प्रदीपको घोषणा मात्रै

काठमाडौं – नेपाली फिल्मका तीन डिमान्डेड तीन स्टार नायकहरूको व्यस्तता

प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन

काठमाडौं– प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक

पार्टी एकताले मात्र देशलाई विकराल स्थितिबाट जोगाउन सक्छ : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्रको आन्तरिक विवादका

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका