नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू)  « Khabarhub

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सञ्चालन भइरहेको एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँगै विभिन्न अटोमोबाइल प्रविधि तथा उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्।

एक्स्पोको पाँचौँ दिन शनिबार नयाँ सवारीसाधनको, प्रविधि तथा अटोमोबाइलसम्बन्धी उत्पादन अवलोकन गर्न भृकुटीमण्डप पुगेका सर्वसाधारणको चहलपहल बढेको हो।

साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न ५३ वटा ब्रान्डको सहभागिता रहेको आयोजकले जनाएको छ।

एक्स्पोमा विद्युतीय तथा पेट्रोलियम सवारीसाधन, दुईपांग्रे सवारी, विद्युतीय मोबिलिटीसम्बन्धी प्रविधि, सवारीसाधनका पार्टपुर्जा तथा अन्य अटोमोबाइल उत्पादन प्रदर्शनीमा राखिएका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ६ : २५ बजे

इजरायलमा आज आम निर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ