सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय « Khabarhub

सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ ।

आगामी वर्ष २० लाख पर्यटक ल्याउन महत्त्वाकाङ्क्षी लक्ष्यसमेत अगाडि सारिरहेका बेला शौचालय सुधार अनि जरुरी नै भएको छ । तोकेको शुल्क तिरेर प्रयोग गर्नुपर्ने शौचालयको सुधार गर्नेतर्फ कसैको ध्यान पुगेको नदेखिए पनि स्मार्ट शौचालय बनाउने तयारी भने सार्वजनिक भएको छ ।

काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अगाडि सारेको छ । निजी संस्थासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने तयारी गरिरहेको जानकारी सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले दिए ।

सार्वजनिक हित र सहरी सरसफाइमा सहयोग पुर्‍याउन सार्वजनिक शौचालय थप्ने र स्थान अभाव भएको स्थानमा स्मार्ट शौचालय निर्माण गर्न आयोगले नक्सा तयार गरिसकेको उनले जानकारी दिए ।

तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्याका कारण काठमाडौँका धेरै नयाँ ठाउँमा सहरी गतिविधि बढिरहेको छ । सरसफाइका लागि सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ ।

मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको छ । यस अभियानलाई फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालयको हरेक नागरिकको पहुँच पुगे मात्र सफल हुने देखिन्छ।

सन् २०१३ देखि नै विश्व शौचालय दिवस नोभेम्बर १९ मनाउने गरिएको छ । नेपालमा पनि यस सन्दर्भमा विविध कार्यक्रम आयोजना भइरहेका छन् । यस वर्ष यो दिवस ‘कोही नछुटौँ’ भन्ने नारासहित मङ्सिर ३ गते नेपाललगायत विश्वभर मनाइँदै छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : २७ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब