यमनमा बढ्दो हिंसा, पूर्ण युद्धको जोखिम « Khabarhub

यमनमा बढ्दो हिंसा, पूर्ण युद्धको जोखिम


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यमन पुनः ‘पूर्ण युद्ध’ मा फर्कने जोखिम बढेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले बढ्दो हिंसा र नागरिकमाथि भइरहेका आक्रमण तत्काल रोक्न सबै पक्षलाई आग्रह गरेका छन् ।

एक दशकभन्दा बढी समयदेखि गृहयुद्धमा फसेको यमन पछिल्लो समय मध्यपूर्वमा बढेको द्वन्द्वमा समेत तानिएको छ । इरान समर्थित हूथी र साउदी समर्थित यमनी सरकारबीचको तनाव बढ्दै जाँदा पछिल्ला दिनमा हिंसात्मक घटना थपिएका छन् ।

तुर्कले यमनी जनताले लामो समयदेखि द्वन्द्व, विस्थापन र मानवीय सङ्कटको पीडा भोग्दै आएको भन्दै यमनलाई पुनः पूर्ण युद्धमा धकेल्ने कुनै पनि गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् ।

यसै महिनाको सुरुमा हूथी विद्रोहीको आक्रमणमा मारीब प्रान्तमा ५८ सरकारी सैनिक मारिएको सैन्य स्रोतले जनाएको छ । सोही दिन मारीबका आवासीय क्षेत्र र विस्थापित शिविरमा भएको गोलाबारीमा दुई नागरिकको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयका अनुसार अगस्ट ६ यता सरकार नियन्त्रित क्षेत्रमा भएका हूथी आक्रमणमा कम्तीमा सात नागरिकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

अगस्ट ९ मा मोखा बन्दरगाहमा भएको मिसाइल तथा ड्रोन आक्रमणमा तीन बन्दरगाह कामदार मारिएका थिए । त्यसको दुई दिनपछि बाब अल–मन्देब जलमार्गमा कार्गो जहाजमाथि भएको आक्रमणमा तीन पाकिस्तानी र एक इन्डोनेसियाली गरी चार चालक दलका सदस्यको मृत्यु भएको थियो ।

मानवअधिकार कार्यालयले नागरिक पूर्वाधारमा समेत क्षति पुगेको जनाएको छ । तुर्कले यमनमा करिब एक करोड ८० लाख मानिस खाद्य असुरक्षाको अवस्थामा रहेको भन्दै हिंसा जारी रहे नागरिकको मानवीय अवस्था थप गम्भीर बन्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ८ : ४३ बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६