खाडी मुलुकलाई इरानको चेतावनी  « Khabarhub

खाडी मुलुकलाई इरानको चेतावनी 


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका लागि प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुकलाई अमेरिकी सैन्य कारबाहीमा प्रत्यक्ष सहभागी भएको मानिने चेतावनी दिएको छ ।

इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई उपलब्ध गराइने कुनै पनि सहयोग, सुविधा वा सैन्य आधारको प्रयोगलाई इरानविरुद्धको कारबाहीमा सहभागिताका रूपमा लिइने स्पष्ट पारेको मेहर समाचार एजेन्सीले जनाएको छ ।

उनले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठूलो सङ्ख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित देशको जानकारी वा सहमतिबिना तैनाथ हुन सक्ने सम्भावना न्यून रहेको बताए। त्यसैले इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाडी मुलुकहरूको अवस्थाबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको उनको भनाइ छ ।

अब्दोलाहीले अमेरिकी सैन्य गतिविधिका लागि आफ्नो भूभाग, सुविधा वा अन्य सहयोग उपलब्ध गराउने देशलाई इरानले निष्पक्ष तेस्रो पक्षका रूपमा नहेर्ने संकेत गरेका छन् । उनको चेतावनी विशेषगरी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार र तिनको सम्भावित प्रयोगप्रति लक्षित देखिएको छ ।

इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि युद्ध जारी रहेको बताइएको छ । इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि युद्ध सुरु भएको र त्यसको जवाफमा इरानले क्षेत्रका अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाइएको छ ।

यसैबीच, अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत ‘युएसएस जर्ज वासिङ्टन’ मध्यपूर्वमा पुनः तैनाथ गर्ने तयारी गरिएको छ । चालक दलको जीवनयापनसम्बन्धी अवस्था बिग्रिएको रिपोर्टपछि उक्त विमानवाहकलाई ‘युएसएस अब्राहम लिङ्कन’ को स्थान लिन मध्यपूर्व पठाउन लागिएको बताइएको छ ।

अमेरिकी सैन्य उपस्थितिसँगै खाडी क्षेत्रमा तनाव बढिरहेका बेला इरानको पछिल्लो चेतावनी आएको हो । खाडी मुलुकहरूले आफूहरू इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुने बताउँदै आए पनि अमेरिकी सैन्य गतिविधि र सैन्य आधारको प्रयोगलाई लिएर तेहरानले ती देशमाथि दबाब बढाएको छ ।

इरानको पछिल्लो चेतावनीले खाडी मुलुकहरूलाई अमेरिकी सैन्य गतिविधि र आफ्नै सुरक्षा हितबीच सन्तुलन कायम गर्न थप कठिन अवस्था सिर्जना हुन सक्ने संकेत गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  २ : ३१ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत