६ जना सुर्ती व्यापारीविरुद्ध १० करोडको राजश्व छलि मुद्दा « Khabarhub

६ जना सुर्ती व्यापारीविरुद्ध १० करोडको राजश्व छलि मुद्दा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गलत कागजात बनाएर कर छलि गरेको अभियोगमा ६ जना सुर्ती व्यापारीविरुद्ध मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसहित ६ जनाविरुद्ध १० करोड १५ लाख ४० हजार १ सय ९९ रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

राजश्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनी प्रालिका सञ्चालक श्रेष्ठसहित सफिन एण्ड ब्रदर्श इन्टरप्राइजेजका प्रोप्राइटर सरोज केसी, आरएस स्टोरका प्रोप्राइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगका प्रोप्राइटर सुष्मा गोयन्का, गोल्डेन टोवागो इन्डस्ट्रिजका सञ्चालक दिनेश बसुकला तथा ओम साई सुर्ती उद्योगकी प्रोप्राइटर जानुका कार्कीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

विभागका अनुसार उनीहरुले कर छलि गर्ने प्रयोजनका लागि अन्तशुक्ल स्टिकर नलगाइ सुर्ती बिक्री गरेको, चलानबाट सामान बिक्री गर्ने गरेको, भौतिक गणनामा मौज्दात फरक राख्ने गरेको देखिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  २ : ४७ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग