२० हजार लिटर डिजेल भरिएको आयल निगमको ट्याङ्कर अपहरणकारीको कब्जामा | Khabarhub Khabarhub

२० हजार लिटर डिजेल भरिएको आयल निगमको ट्याङ्कर अपहरणकारीको कब्जामा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणमा परेको छ ।

आइतबार अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर विराटनगरका लागि हिँडेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाका लहानबाट अपहरणकारीले कब्जा गरेको नेपाल आयल निगमका प्रवक्त वीरेन्द्र गोइतले जानकारी दिए ।

गोइतका अनुसार नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर ८ जना अपहरणकारीले कब्जामा लिएका हुन् ।

हाल ट्याङ्कर कहाँ र कस्तो अवस्थामा छ भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन नसकेको गोइतले जानकारी दिए ।

आइतबार राति करिब १२ बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा लिएका आयल निगमले जनाएको छ ।

ट्याङ्ककरका चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेर बर्दिबास र लालबन्दी बीचको जंगलमा लगेर छाडेको गोइतले जानकारी दिए ।

आयल निगमले पेट्रोल ट्याङ्कर अपहरणमा परेको सम्बन्धमा छानबिन गर्न इन्जिनियर अशोक साहको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई सत्यतथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ५९ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते