अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ? « Khabarhub

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार भदौ ८ गते बिहान ६:२० बजेसम्म कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्ड प्रभावित बनेका छन्।

कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमाग अन्तर्गत भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि अर्को वैकल्पिक बाटोसहित एकतर्फी रूपमा यातायात सुचारु छ। त्यस्तै, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण झापा-ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ वैकल्पिक मार्ग भने उपलब्ध रहेको जनाइएको छ।

बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा आंशिक तथा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ। बि.पि. राजमार्ग (खुर्कोट-नेपालथोक-कटञ्जेबैंसी) खण्डमा साँझ १८ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको विचार गरी मात्र सवारी सुचारु गराइनेछ।

कान्तिलोकपथ (हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर) र टोखा-छहरे सडक खण्ड (शिवपुरी-८ घट्टेखोला) मा पनि सम्भावित जोखिमका कारण साँझदेखि बिहानसम्म रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तरगया-५ खाल्टे (त्रिशुली मैलुङ स्याफ्रुवेशी खण्ड) मा बाढीका कारण र गोसाइँकुण्ड-२ स्याउ पार्किङ (पासाङ ल्हामु सडक खण्ड) मा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ६ : ५० बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल