दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग « Khabarhub

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।  सोमबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

दुर्गा प्रसाद प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले जिल्ला प्रहरी परिसर भक्तपुरसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट निवेदन माथिको प्रारम्भिक सुनुवाइपछि अदालतले विपक्षीहरूको नाममा म्याद जारी गर्ने निर्णय गरेको हो ।

सुनुवाइका क्रममा न्यायाधीश निरौलाको इजलासले निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो भनी विपक्षीहरूसँग प्रश्न गरेको छ।

अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू ।’

 विपक्षीहरूले म्यादभित्र लिखित जवाफ बुझाएपछि वा उक्त अवधि नाघेपछि नियमानुसार मुद्दा पेस गर्न समेत अदालतले निर्देश गरेको छ ।

यसका साथै, सर्वोच्च अदालतले दुर्गा प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका सामानहरू समेत पेसीको दिन अदालतमा उपस्थित गराउन आदेश दिएको छ । 

निवेदनसाथ भदौ ४ गतेको खानतलासी पूर्जीबमोजिम प्रसाईंको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामानहरू पेसीको दिन लिएर आउन विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा लेखी पठाउन पनि अदालत आदेश जारी गरेको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १ : १५ बजे

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी