सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस् « Khabarhub

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा तथा पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानमा ‘सानालाई ऐन, ठूलालाई चयन’ हुने अवस्था आउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद झाले शनिबारदेखि जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन डोजर चलिरहेको बताउदै हालसम्म ७ वटा पोखरी र ६५ वटा घर खाली गराइएको जानकारी गराए । 

उनले अभियानका क्रममा गरिब तथा विपन्न परिवारका बस्ती मात्र हटाइने र पहुँच तथा शक्तिमा रहेकाहरूले बनाएका संरचना भने नछोइने हो कि भन्ने त्रास स्थानीयमा रहेको बताए । 

सांसद झाले २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित आयोगको प्रतिवेदन स्मरण गर्दै जनकपुरधाममा करिब ९५० बिघा सार्वजनिक जग्गा अपचलन तथा अतिक्रमण भएको दाबी गरे । 

सांसद झाले सङ्घीय सरकार र प्रधानमन्त्रीले जनकपुरको सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने विषयमा देखाएको चासोप्रति आभार व्यक्त गर्दै झाले अभियान कुनै वर्ग विशेषमाथि मात्र केन्द्रित हुन नहुनेमा ध्यानाकर्षण गराए ।

सांसद झाले सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न सबैमाथि समान व्यवहार गर्न सरकारसँग आग्रह गरे। 

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ३ : ३७ बजे

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी