जनता आवास कार्यक्रमः झापामा ५५ घर निर्माण गरिने « Khabarhub

जनता आवास कार्यक्रमः झापामा ५५ घर निर्माण गरिने


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको क्षेत्र नं १ मा जनता आवास कार्यक्रम शुरु भएको छ । प्रदेश नं १ सरकारको जनता आवास कार्यक्रमअन्तर्गत कार्यक्रम शुरु भएको हो ।

झापा क्षेत्र नं १ का सांसद राम कार्कीका अनुसार रु एक करोड ८२ लाख ६० हजारको लागतमा ५५ घर निर्माण गरिनेछ ।

प्रतिघरको लागत रु तीन लाख रहेको छ । सरकारले सूचीकृत गरेका जातजाति दलित, अल्पसङ्ख्यक, लोपोन्मुखमध्ये बाट पनि अतिविपन्न परिवार छनोट गरी घर निर्माण गरिने प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

झापा क्षेत्र नंं १ अन्तर्गत बुद्धशान्ति गाउँपालिका–४, ६ र ७ मा १६ परिवार, मेचीनगर नगरपालिका–३, ७, ९, ११, १३ र १५ का ३३ परिवार तथा भद्रपुर नगरपालिका–९ र १० का ६ परिवारका लागि घर निर्माण गरी यसै आर्थिक वर्षभित्र हस्तान्तरण गरिने बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ०० बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार