मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन « Khabarhub

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन


९ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान। सुनसरीको रामधुनी–७ का कृपाश्वर घले गुरुङको पछिल्लो पहिचान यही हो।

भारतीय सेनामा २८ वर्ष सेवा गरेर अवकाश लिएका कृपाश्वरले २०७४ सालमा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक खेती थालेका थिए। दुई बिघा क्षेत्रफलमा फैलिएको फार्मबाट उनले अहिले वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

करीब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट सुरु भएको उनको यात्रा अहिले ५ सय बोटमा फैलिएको छ। “अन्य फलफूलले वर्षमा एकपटक मात्र उत्पादन दिन्छन्, तर ड्रागन फ्रुटले वैशाखदेखि कात्तिकसम्म ९ देखि १० पटकसम्म फल दिन्छ,” कृपाश्वरले भने, “बत्ती जडान गरेर बेमौसममा पनि ३–४ पटक फल फलाउन सकिन्छ।”

फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक ८ देखि ९ लाख रुपैयाँ खर्च हुने गरे पनि उत्पादन र बिरुवा बिक्रीबाट मनग्गे आम्दानी हुने गरेको छ। गत वर्ष २७ मेट्रिकटन फल उत्पादन भएकामा यस वर्ष ३० मेट्रिकटन नाघ्ने उनको अनुमान छ। उत्पादित फल खुद्रा प्रतिकेजी ३५० र थोकमा ३०० रुपैयाँमा बिक्री हुने गरेको छ भने बेमौसममा ५०० रुपैयाँसम्म पुग्छ। वार्षिक ४ लाख रुपैयाँभन्दा बढीको त बिरुवा मात्रै बिक्री हुने गरेको उनले बताए।

उत्पादित फल काठमाडौँ, पोखरा, हेटौँडा, बुटवलका साथै धरान, इटहरी र विराटनगरका स्थानीय बजारमा खपत हुने गरेको छ। उनको खेतीमा २ जना स्थायी र आवश्यकता अनुसार दैनिक ८-९ जना मजदुरले रोजगारी पाएका छन्।

ड्रागन फ्रुट खेतीमा पुर्‍याएको योगदानबापत कृपाश्वरले एक दर्जनभन्दा बढी उत्कृष्ट किसान सम्मान पाइसकेका छन्। उनको सफलताबाट प्रेरित भई रामधुनी–७ मा मात्रै १० भन्दा बढी घरधुरीले यसको व्यावसायिक खेती सुरु गरिसकेका छन्।

“अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ, विदेश पलायन हुनुपर्दैन,” उनी भन्छन्, “छोटो समयमा राम्रो प्रतिफल चाहनेका लागि ड्रागन फ्रुट खेती उत्तम विकल्प हो।”

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ६ : १४ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल