१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी « Khabarhub

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले गम्भीर प्रश्न उठाएको छ। इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा बालेन प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ।

‘हाउ नेपाल्स जेन–जी हिरो बालेन शाह लस्ट हिज पोलिटिकल साइन इन जस्ट १५० डेज’ शीर्षकको रिपोर्टमा बालेनलाई सुरुमा पुरानो राजनीतिक प्रणाली तोड्ने युवा नेताका रूपमा हेरिए पनि अहिले उनैप्रति जनअसन्तुष्टि बढ्दै गएको उल्लेख छ।

रिपोर्टले भारतबाट ल्याइने सामानमा भन्सार कडाइ, नेपाल–भारत सीमा विवादमा बालेनको अभिव्यक्ति, कूटनीतिक उतारचढाव, राइड सेयरिङ चालक गणेश नेपालीको आत्मदाह, भूमिहीनको विरोध तथा धार्मिक तनावलाई बालेन सरकारका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको छ।

त्यस्तै, संसद्‍मा बालेनको न्यून उपस्थिति र आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग बढ्दो दूरीलाई समेत इन्डिया टुडेले सरकारका लागि अर्को गम्भीर संकेतका रूपमा औँल्याएको छ। रिपोर्टअनुसार प्रधानमन्त्री बनेपछि बालेन प्रतिनिधिसभाका ३९ बैठकमध्ये पाँचवटामा मात्रै सहभागी भएका छन्।

कुनै समय बालेनलाई सत्तामा पुर्‍याउने युवा पुस्ता नै अहिले सडकमा आएर उनको राजीनामा मागिरहेको उल्लेख गर्दै रिपोर्टले विपक्षमा रहँदा काम लागेको टकरावको शैली सरकार सञ्चालनमा भने पर्याप्त नहुने निष्कर्ष निकालेको छ।

इन्डिया टुडेका अनुसार पाँच महिनाको छोटो अवधिले नै बालेनको ठूलो जनमत कसरी राजनीतिक संकटमा बदलिन सक्छ भन्ने देखाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ११ : ३० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका