इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध « Khabarhub

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम कारोबारलाई लक्षित गर्दै पोर्टेज पार्टनर एलएलपी, सदाशिव ओभरसिज लिमिटेड, पिपि सफ्टटेक प्राइभेट लिमिटेड र प्राक्रुटिस इन्फ्रा इम्पेक्स इन्डिया प्राइभेट लिमिटेडमाथि कारबाही गरिएको हो।

अमेरिकी विदेश मन्त्रालयका अनुसार पोर्टेज पार्टनरले भारतमा इरानी पेट्रोकेमिकल उत्पादनको ढुवानी तथा आयातमा सहजीकरण गरेको थियो। कम्पनीका साझेदार भारतीय नागरिक इन्ड्रिस्मिया आशारफ्मिया सेख र हरिश रामचन्द्र रङ्गीलाई समेत प्रतिबन्ध लगाइएको छ।

त्यसैगरी, सदाशिव ओभरसिजले सन् २०२४ को फेब्रुअरीदेखि २०२५ को जुनसम्म करिब ६ करोड ९० लाख अमेरिकी डलर मूल्य बराबरका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी पक्षको दाबी छ। प्रतिबन्धित बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट ती उत्पादन आयात गरिएको जनाइएको छ।

पिपि सफ्टटेकले सन् २०२४ को जनवरीदेखि २०२५ को जुनसम्म करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। कम्पनीका निर्देशक भारतीय नागरिक प्रशान्त गर्गलाई समेत प्रतिबन्ध सूचीमा राखिएको छ।

प्राक्रुटिस इन्फ्रा इम्पेक्सले सन् २०२३ को मेदेखि २०२६ को फेब्रुअरीसम्म करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी दाबी छ।

अमेरिकाले पछिल्लो प्रतिबन्ध इरानको पेट्रोलियम आम्दानी रोक्ने तथा इरानी सैन्य र खरिद गतिविधिलाई सहयोग गरेको आरोप लागेका अन्तर्राष्ट्रिय सञ्जाललाई कमजोर बनाउने अभियानको हिस्सा भएको जनाएको छ।

प्रतिबन्धमा परेका भारतीय कम्पनी तथा व्यक्तिहरूबाट यसबारे तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ४ : २५ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित