बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क « Khabarhub

बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले बुधबार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरुमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । 

त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराउने बताएको छ ।

यसले बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई एकआपसमा सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

संचार सेवा निरन्तरता राख्नु महत्त्वपूर्ण हुने भएकाले एनसेलको यो पहलले प्रभावितहरूलाई परिवार तथा उद्धार टोलीसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ । 

एनसेलले विगतदेखि नै विपद्का बेला सक्रिय भूमिका खेलिरहेको र आपतकालीन खोज, उद्धार तथा राहत वितरणका काममा सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै कम्पनीले यो निर्णय आपतकालीन अवस्थामा संचार सेवा सुनिश्चित गर्नका लागि गरिएको बताएको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ३ : ३२ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल