रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने « Khabarhub

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले बिहानैदेखि राज्यका सबै संयन्त्र परिचालन गरी सरकारले देखाएको तत्परताप्रति सराहना गर्दै विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 

बैठकले विशेष परिस्थितिका कारण रास्वपाका सम्पूर्ण औपचारिक तथा साङ्गठनिक कार्यक्रमहरू हालका लागि स्थगित गरेको छ भने खोज, उद्धार र राहतमा खटिँदा पार्टीको झण्डा वा लोगो प्रयोग नगरी विशुद्ध एक सचेत नागरिक र राष्ट्रिय झण्डाको भावना अनुरूप खटिन सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिइएको उनले बताए । 

त्यस्तै बैठकले रास्वपाको ’र्‍यापिड एक्सन टिम’ लाई सरकारी संयन्त्रसँग पूर्ण समन्वय गरी उद्धार कार्यमा खटाइएको उनले जानकारी दिए। 

साथै बैठकले खोज, उद्धार र राहत सम्पन्न नहुन्जेल २४सै घण्टा सरकार, स्थानीय प्रशासन र पीडित नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ भने प्रभावित क्षेत्रमा विदेशी नागरिकहरू समेत परेको हुन सक्ने भएकाले उनीहरूको खोजी तथा उद्धारमा पनि उत्तिकै गम्भीरताका साथ जुट्न आग्रह गरिएको रास्वपा प्रवक्ता खरेलले बताए । 

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ७ : १४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम