बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन « Khabarhub

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ । 

प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरू प्रभावित भएर सेवामा असर परेको थियो । 

ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै उद्धार, राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एनसेलको प्राविधिक टोलीको अथक प्रयासबाट आज १४ टावरहरू पुनः सञ्चालनमा आएका हुन् ।

‘सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरी टावरहरू सञ्चालनमा ल्याइएको छ भने कति स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी नेटवर्क पुन सुचारु गरिएको छ । 

केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनः स्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको छ,’ एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले भनिन् ।

उनका अनुसार, बाढी तथा पहिरोबाट बन्द रहेको नेटवर्क पुनः स्थापनाका लागि एनसेलले आफ्ना प्राविधिक टोलीलाई एयर रुट र ल्याण्ड रुट दुवै रुटबाट आफ्नो प्राविधिक टोली परिचालन गरेको थियो । 

सरकारी निकायहरूको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनः स्थापना गर्न सफल भएका हुन् ।

यसैबीच, आज दिउँसो १२एम४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ वटा साइट प्रभावित भएका थिए । एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरी ती सबै १८ साइटसमेत पुनः सञ्चालनमा ल्याएको छ ।

विपद्को यस कठिन समयमा दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नु उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण रहेको एनसेलले जनाएको छ । 

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ३ : १६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस