भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार « Khabarhub

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशूलीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङमा फसेका १९१ जनाको आज उद्धार गरिएको छ । सुरुङमा फसेका ती इञ्जिनियर, प्राविधिक र मजदुरलाई नेपाली सेनाको टोलीले उद्धार गरी हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।

सेनाले आज बिहानदेखि अपराह्नसम्म रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत इलाकाबाट ५६ जना विदेशीसहित ९०० जनाको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही भदौ १० गतेदेखि हालसम्म स्थल र हवाई साधनमार्फत दुई हजार १०१ जनाको उद्धार गर्नु गरेको छ । काठमाडौँबाट त्रिशूलीसम्म स्थलमार्ग र हेलिकप्टरबाट राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ ।

सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्र त्रिशूलीमा ४५६ र धुन्चेमा १०५ गरी जम्मा ५६१ जनालाई आज स्वास्थ्य सेवा प्रदान गरेको छ । ती केन्द्रबाट हालसम्म एक हजार ७०६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

प्रभावित जिल्लामा करिब छ हजार ७०० भन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको छ ।

शनिबार नदी किनारामा शव खोज तलास तथा व्यवस्थापनमा सहयोग, आपतकालीन उपचारको निरन्तरता, मैलुङ, टिमुरे र स्याफ्रुबेशी इलाकामा खोज उद्धार कार्यलाई निरन्तरता दिइने सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका टनेलमा सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार र अवरुद्ध सडक सञ्चालनमा ल्याउन सैन्य शक्ति परिचालित हुनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ९ : ५१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको