त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने « Khabarhub

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को यही भदौ १२ गते बसेको बैठकको निर्णय अनुसार विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।

निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका शिक्षक र कर्मचारीबाट ७ दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट ५ दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिनेछ।

विश्वविद्यालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  १० : ३३ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले