रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस् « Khabarhub

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको तत्काल उद्धारका लागि हेलिकप्टर व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

पौडेलले जिबजिबे ग्रामीण अस्पतालमा एन्टेरोल्याटरल मायोकार्डियल इन्फार्क्सन अर्थात् गम्भीर हृदयाघात भएका बिरामी उपचारका लागि आएको र अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन्।

भौगोलिक कठिनाइका कारण बिरामीलाई तत्काल उच्चस्तरीय हृदय रोग केन्द्रमा लैजानुपर्ने भएकाले हेलिकप्टरमार्फत एयर इभ्याकुएसन आवश्यक रहेको पौडेलको भनाइ छ।

‘म आफैँ वडा अध्यक्ष हुँ। केही गर्न नसक्ने अवस्थामा पुगेको छु,’ पौडेलले अपिलमा भनेका छन्, ‘हाम्रो बसमा केही छैन, न एम्बुलेन्स, न गाडी, न पर्याप्त स्वास्थ्य सुविधा।’

उनले सरकार, प्रदेश सरकार र सम्बन्धित निकायलाई बिरामीको उद्धारमा तत्काल पहल गर्न आग्रह गरेका छन् । बिरामीको अवस्था गम्भीर रहेकाले एक मिनेट पनि ढिला नगरी हेलिकप्टर उद्धारको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

वडाध्यक्ष पौडेलले रसुवाका दुर्गम क्षेत्रमा पर्याप्त एम्बुलेन्स तथा आपतकालीन सवारीसाधन परिचालन गर्न, जिबजिबे ग्रामीण अस्पताललाई आवश्यक जनशक्ति, उपकरण, औषधि र विशेषज्ञ सेवासहित तत्काल स्तरोन्नति गर्न पनि माग गरेका छन्।

त्यस्तै, तीन दिनदेखि माग गरिएको वैकल्पिक सडक निर्माण तत्काल सुरु गर्न र स्वास्थ्य आपतकालीन अवस्थामा एयर लिफ्ट, राहत तथा उद्धारका लागि स्थायी प्रणाली निर्माण गर्न उनले सरकारसँग आग्रह गरेका छन्।

‘रसुवाका जनता दिनदिनै मर्दै छन्। बाँचेका थप रसुवालीलाई मर्न नदिनुस्,’ पौडेलले अपिलमा भनेका छन्।

उनले स्थानीय जनप्रतिनिधि र जनताको आवाज तत्काल सुन्न सरकारसँग माग गर्दै उद्धार, राहत, अस्पताल सुधार र सडक पूर्वाधारमा तत्काल निर्णय लिन आग्रह गरेका छन्।

हेलिकप्टरको व्यवस्था, उद्धारमा समन्वय वा आफ्नो अपिललाई सम्बन्धित निकायसम्म पुर्‍याउन सक्ने व्यक्ति तथा संस्थालाई तत्काल सहयोग गर्न पनि उनले आह्वान गरेका छन् ।

पौडेलले बिरामीको उद्धारमा ढिलाइ हुँदा ज्यान जोखिममा पर्न सक्ने भन्दै सरकारलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ८ : ४० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम