जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट « Khabarhub

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताएका छन् ।

पतञ्जलि योग समिति डडेल्धुराद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उनले योगको महत्त्व र  प्रभावलाई समाजका सबै तह र तप्काले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

मुख्यमन्त्री भट्टले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकासमा योगको महत्त्वपूर्ण योगदान रहने जनाउँदै उनले योगलाई नागरिकको दैनिक जीवनसँग जोड्दै ‘सबैका लागि योग’ अभियानलाई प्रदेश सरकारले प्राथमिकतासाथ अघि बढाउने प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ११ : ४३ बजे

बाढी प्रभावितलाई लक्ष्मीनिया गाउँपालिकाको ३० लाख सहयोग

जनकपुर– धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने

बाढीको सातापछि संसद्मा उभिए प्रधानमन्त्री, क्षति उद्धारको विवरण सुनाउँदै

कााठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीपछि पहिलो

यो विपत्तिमा दृढतापूर्वक लड्ने विकल्प छैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशमा आएको विपत्तिसँग लड्ने विकल्प नभएको

कालो चस्मामै प्रधानमन्त्री शाहको सदनमा सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले कालो चस्मा लगाएर प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। आँखामा

संसद्‌मा प्रधानमन्त्री वालेन्द्रको सम्बोधन (लाइभ)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन गरिरहेका