पैसा जम्मा गर्न आएका ग्राहकले हजारका दुई नक्कली नोट ल्याएपछि… « Khabarhub

पैसा जम्मा गर्न आएका ग्राहकले हजारका दुई नक्कली नोट ल्याएपछि…


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको दिपायलस्थित एनसिसी बैंकले हजार दरका दुई वटा नक्कली नोट फेला पारेको छ । बैंकले रकम जम्मा गर्न आएका एक जनाले ल्याएको रुपैयाँमा दुई वटा हजार दरका नक्कली नोट फेला पारेको हो ।

बैंकले फेला पारेको दुवै नोटमा एउटै नम्बर रहेको छ ।

बैंक कर्मचारी अनिल शाहीले बैंकमा रु ३५ हजार जम्मा गर्न आएका एक जना ग्राहकको रकममा रु एक हजार दरका ती दुई नक्कली नोट फेला परेको बताए ।

उनले भने,“एक जना ग्राहक रकम जम्मा गर्न आउनुभयो, हामीले रकम जम्मा गर्ने बेला हेर्दा दुई नोट नक्कली भएको फेला पार्‍यौँ ।” अन्य रुपैयाँभन्दा उक्त रुपैयाँको कागज फरक खालको तथा फोटोकपी कागज जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाइ छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोट आए सो विषयमा अनुसन्धान गरिने बताए । उनले भने, “नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्मरुपमा अध्ययन र छानबिन हुनेछ ।”

डोटीमा नक्कली रुपैयाँ भेटिएको यो पहिलो पटक हो । बैंकमा जम्मा गर्ने समयमा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।

केही समय यता राजधानीमा पनि हजार दरका नक्कली नोट भेटिने गरेका समाचार सार्वजनिक हुँदै आएका छन् ।

गत कार्तिकमा प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिनसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी वृत बौद्धको टोलीले नयाँबस्तीबाट तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ६ : २१ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा