न्यायिक समितिमा जग्गा विवादका उजुरीको चाङ | Khabarhub Khabarhub

न्यायिक समितिमा जग्गा विवादका उजुरीको चाङ


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको न्यायिक समितिमा ८१ वटा उजुरी दर्ता भएकामा २८ उजुरी जग्गा विवादको रहेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख भवानी डोटेलले बताए ।

अधिकांश साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख डोटेलले जानकारी दिए । उनका अनुसार आव २०७५/७६ मा नगरपालिकाको न्यायिक समितिमा नौवटा सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, दुई सम्बन्धविच्छेदसम्बन्धी, एक महिला तथा बालबालिका हिंसासम्बन्धी, २८ जग्गा विवादसम्बन्धी, २२ विविध विषयसम्बन्धी र १९ सिमाना विवादको उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

यस अवधिमा ३१ वटा मुद्दा किनारा लगाइएको छ । सहमति भएका मुद्दाको सङ्ख्या २०, प्रक्रियामै रहेको ४९ र न्यायिक समितिबाट मुल्तबीमा राखिएको मुद्दाको सङ्ख्या एक रहेको छ ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि जग्गा विवाद, सम्बन्धविच्छेद, सार्वजनिक जग्गा विवाद, महिला बालबालका हिंसासम्बन्धी उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको बताइएको छ । नगरपालिकाका न्यायिक समितिमा आउने उजुरीहरु सबै लिखित रुपमै आउने गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : ४५ बजे

प्रचण्ड भन्छन्- मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ

दैलेख– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका

युरोपियन युनियनका राजदूतहरूबाट प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार

प्रहरी सहायक निरक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं– नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले

नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

काठमाडौं- नेपाली टोली पहिलो पटक आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा