पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल « Khabarhub

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा आपसी सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले नेपाली समाजमा प्रचलित लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले विविधतामा एकता कायम गर्दै सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुतालाई थप मजबुत बनाउँदै आएको उल्लेख गरेका हुन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार तथा समाजलाई भावनात्मक रूपमा जोड्नुका साथै राष्ट्रिय एकता सुदृढ गर्न, मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न र आध्यात्मिक आस्था एवं मानवीय जीवनमा सुख, शान्ति र समृद्धिको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउँदै आएको बताए ।

गौरा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस अवसरमा शिव र पार्वती (गौरा)को पूजाअर्चना गरी व्रत बस्ने परम्परा रहेको छ।

पर्वमा गहुँ, धान, केराउ, मास र गहतलगायत पाँच प्रकारका अन्नबाट तयार पारिएको ‘बिरुँडा’ गौरा देवीलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। यसले मानवीय जीवन, कृषि संस्कृति तथा पारिवारिक सुख–समृद्धिको कामना गर्ने सांस्कृतिक मान्यता बोकेको छ।

गौरा पर्वका अवसरमा स्थानीय समुदाय सामूहिक रूपमा भेला भएर देउडा, धमारीलगायतका लोक सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना सुख–दुःख साटासाट गर्ने गर्दछन्। यसले समुदायबीचको आत्मीयता, भाइचारा र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

राष्ट्रपति पौडेलले गौरा पर्वले बिछोडिएका जोडीको पुनर्मिलन, आपसी भाइचाराको सम्बन्धमा वृद्धि तथा पति–पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास र सांस्कृतिक मान्यता रहेको पनि उल्लेख गरे

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ६ : ५१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम