बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू) « Khabarhub

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ ।

बाढीपछि विदुर नगरपालिका–१ इन्द्रायणी चौर र विदुर–९ को कोलनी, गुम्बा डाँडा क्षेत्रलाई जोड्ने गरेर गत भदौ १५ मा तुइन हालिएको थियो । 

यो तुइनबाट स्थानीयहरू आवतजावतसँगै औषधि र अत्यावश्यक सामग्री ढुवानी पनि भइरहेको छ । देवीघाट बजार क्षेत्रमा पनि तुइन तयार पारिएको छ । 

बाग्मती प्रदेश सरकारले बाढी प्रभावित ठाउँमा आवतजावतका लागि तुइन निर्माण अघि बढाएको हो । स्थानीय तहसँग समन्वय गरेर अन्य ठाउँमा पनि तत्कालका लागि तुइन तयार पर्ने योजना प्रदेश सरकारको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ४ : ४४ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको