बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू) « Khabarhub

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ ।

बाढीपछि विदुर नगरपालिका–१ इन्द्रायणी चौर र विदुर–९ को कोलनी, गुम्बा डाँडा क्षेत्रलाई जोड्ने गरेर गत भदौ १५ मा तुइन हालिएको थियो । 

यो तुइनबाट स्थानीयहरू आवतजावतसँगै औषधि र अत्यावश्यक सामग्री ढुवानी पनि भइरहेको छ । देवीघाट बजार क्षेत्रमा पनि तुइन तयार पारिएको छ । 

बाग्मती प्रदेश सरकारले बाढी प्रभावित ठाउँमा आवतजावतका लागि तुइन निर्माण अघि बढाएको हो । स्थानीय तहसँग समन्वय गरेर अन्य ठाउँमा पनि तत्कालका लागि तुइन तयार पर्ने योजना प्रदेश सरकारको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ४ : ४४ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले